हिमालयन डिष्टिलरीको साधारण सभा आह्वान, शतप्रतिशत लाभांश अनुमोदन गर्दै

Nov 20, 2019 09:31 AM Merolagani

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले शतप्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुस १ गते १९ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा कम्पनीको रजिष्टर्ड कार्यालय, लिपनिविर्ता, पर्सामा बिहान १० बजे सुरु हुनेछ।

सो सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, बोनस शेयरको कर प्रयोजनसहित ५२.६३ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने, चुक्ता पूँजी वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतको प्रस्ताव पनि पारित गर्नेछ।

हाल ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टीलरीको ५० प्रतिशत बोनस पश्चात ५७ करोड ८४ लाख रुपैयाँ पूँजी कायम हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर १५ गते बुक क्लोज गर्नेछ। मंसिर १३ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।