अर्थमन्त्रीले निरन्तरता पाउने भएपछि पुनः ओरालो लाग्यो नेप्से

Nov 20, 2019 03:43 PM Merolagani

बुधबारको शेयर बजारमा राजनीतिक प्रभाव देखिएको छ। प्रधानमन्त्रीले मन्त्रिपरिषदमा हेरफेर गर्ने समाचारले यस दिनको बजार प्रभावित भएको हो।

शेयर लगानीकर्ताहरुले मन्त्रिमण्डलमा हेरफेर हुँदा अर्थमन्त्री पनि परिवर्तन हुने अपेक्षा गरेका थिए। सोही अपेक्षाले यस दिन बजार खुल्नेबित्तीकै नेप्से उकालो लागेको थियो। तर, अधिकांश मिडियाहरुमा मन्त्रिमण्डल हेरफेरको सूचीमा अर्थमन्त्रीको नाम नआएपछि लगानीकर्ताहरु निराश भएका छन्। फलस्वरुप, एक हजार १३९ बिन्दुमा पुगेको नेप्से ओरालो लागेर एक हजार १२८.३४ विन्दुमा बन्द भएको छ।

समय-समयमा शेयर बजारप्रति अनुदार अभिव्यक्तिका कारण चर्चामा रहेका अर्थमन्त्रीका कारण शेयर बजार नबढेको आरोप लगानीकर्ताहरुले लगाउँदै आएका थिए। मन्त्रिमण्डल परिवर्तन हुने समाचारसंगै अर्थमन्त्री परिवर्तन भए स्वतः बजार बढ्ने अभिव्यक्ति लगानीकर्ताहरुले दिँदै आएका छन्। तर, अर्थमन्त्रीले निरन्तरता पाउने लगभग निश्चित भएका कारण लगानीकर्ताहरुमा पुनः निराशा छाएको छ।

बुधबार नेप्से परिसूचक १.६५ अंक घटेर बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ०.२५ अंक घटेको छ। त्यसैगरी, यस दिन फ्लोट इन्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०६ अंक घटेर बन्द भएको छ।

यस दिन १६५ कम्पनीको ५ हजार ३२८ पटकको कारोबारमा ३० करोड ३७ लाख २४ हजार रुपैयाँ बराबरको १० लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

  • २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

पछिल्ला कारोबार दिनहरुमा दैनिक सकारात्मक सर्किट लागिरहेको साल्ट ट्रेडिङ्ग र घोडीघोडा लघुवित्तको शेयरमा यस दिन पनि सकारात्मक सर्किट लागेको छ। यस दिन साल्ट ट्रेडिङ्गको शेयरमूल्य १२५ रुपैयाँ र घोडीघोडा लघुवित्तको ५२ रुपैयाँ बढेको छ।

जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य यस दिन ८.०२, माउन्टेन हाइड्रो नेपालको ६.४९ र जोशी हाइड्रोपावरको ५.२६ प्रतिशत बढेको छ।

रिडी हाइड्रोपावरको शेयरमूल्य यस दिन ६.६६, तारागाउँ रिजेन्सीको ४.०५, एनआईबिएल समृद्धि फण्डको ३.८५, खानीखोला हाइड्रोपावरको ३.८४ र नेशनल हाइड्रोपावरको ३.८० प्रतिशत घटेको छ।

बुधबार उत्पादन उपसमूहको ०.७२, जीवन बीमाको ०.६१, निर्जीवन बीमाको ०.५९, म्युचुअल फण्डको ०.५६, अन्यको ०.४२, होटलको ०.३७, जलविद्युतको ०.३१, लघुवित्तको ०.२३, विकास बैंकको ०.१५ र वित्तको  सूचक ०.१४ प्रतिशत घटेको छ।

 

व्यापार उपसमूहको परिसूचक यस दिन ७.३ र बैंकिङ्गको ०.०५ प्रतिशत बढेको छ। 

बुधबार एनएमबि बैंकको साढे ३ करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको छ। नेपाल बैंक र नबिल बैंकको कारोबार रकम २ करोड नाघेको छ भने प्राइम कमर्सियल बैंकको १ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।