मन्त्रिपरिषद पुर्नगठन, ६ मन्त्री फेरिए, यस्तो छ नयाँ मन्त्रिमण्डल (सूचीसहित)

Nov 21, 2019 07:55 AM Merolagani

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझा मन्त्रिपरिषद हेरफेर गरेका छन्। प्रधानमन्त्री ओलीले ६ मन्त्री तथा ३ राज्यमन्त्री हटाएका छन् भने केही मन्त्रीहरुको मन्त्रालय हेरफेर गरेका छन्।

उनले मन्त्रिमण्डलमा ६ जना मन्त्री बर्खास्त गरी ६ नयाँलाई नियुक्त गरेका हुन्। त्यसैगरी, उनले ३ राज्यमन्त्री पनि परिवर्तन गरेका छन्।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवरी दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ।

  • मन्त्रिमण्डलका नयाँ अनुहार

प्रधानमन्त्री ओलीले लेखराज भट्टलाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री नियुक्त गरेका छन्। बसन्तकुमार नेम्बाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा पाएका छन्।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव भएका छन् भने कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसाललाई बनाइएको छ।

त्यसैगरी, हृदयेश त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङलाई नियुक्त गरिएको छ।

प्रधानमन्त्रीले मोतीलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपुर्ती राज्यमन्त्री, रामविर मानन्धरलाई सहरी विकास राज्यमन्त्री र नवराज रावतलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त गरेका हुन्।

  • हटाइएका मन्त्री

प्रधानमन्त्री ओलीले मातृका यादवलाई उद्योगमन्त्री र रघुविर महासेठलाई भौति पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीबाट मुक्त गरेका छन्। त्यसैगरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र संधीय मामिला मन्त्री लालबाबु पण्डितलाई पनि हटाइएको छ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र कृषिमन्त्री चक्रपाणि खनाल पनि पदमुक्त भएका छन्। पदमुक्त भएका ६ मध्ये ४ पूर्वएमाले र २ पूर्वमाओवादी पार्टीका हुन्।
नवनियुक्त मन्त्रीहरुको सपथ मंसिर ५ गते बिहीबार हुनेछ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।