गरिमा विकास बैंकले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

Nov 21, 2019 08:12 AM Merolagani

गरिमा विकास बैंक लिमिटेड (GBBL) ले लाभांश पारित गर्ने विशेष प्रस्तावसहित मंसिर २७ गते तेह्रौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान १०ः३० मा सुरु हुनेछ।

सभामा सञ्चालक समितिले निर्णय गरेको १६.१५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव रहेको छ। सभाले मर्जर तथा एक्विजिसन सम्बन्धि कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर १३ गतेदेखि २७ गतेसम्म शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ। मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बोनस शेयर प्राप्त गर्न सक्नेछन्।

बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

मंसिर ४ गते बुधबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता २२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।