सबैको लघुवित्तको शेयरमूल्य समायोजन

Nov 21, 2019 10:01 AM Merolagani

नेपाल स्टक एक्सचेञ्जले मंसिर ५ गते बिहीबार सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड (SABSL) को शेयरमूल्य समायोजन गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर वितरण गर्न बुक क्लोज गरेसंगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

बोनस शेयर समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ४८३ रुपैयाँ १९ पैसा कायम भएको छ। बिहीबार समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।

लघुवित्तले १३ प्रतिशत बोनस, सोको कर प्रयोजनार्थ ०.६८ प्रतिशत नगद लाभांश र शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित मंसिर २१ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गर्दैछ।

हाल लघुवित्तको चुक्तापुँजी १६ करोड ५० लाख रहेको छ। १३ प्रतिशत बोनस वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ६४ लाख पुग्नेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।