नेपाल एग्रो लघुवित्त नाफामा

Nov 21, 2019 11:13 AM Merolagani

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था (NAGRO) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्त १८ लाख ६७ हजार रुपैयाँ नोक्सानीमा थियो। 

खुद ब्याज आम्दानी बढेसँगै लघुवित्त नोक्सानी सकाएर नाफामा पुगेको हो ।

यस अवधिमा लघुवित्तले ८८ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा १३७.२२ प्रतिशत बढी हो। गत आवमा लघुवित्तले ३७ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

चुक्ता पूँजी ७०.३७ प्रतिशतले बढाएर ५ करोड ७२ लाख रुपैयाँ पुर्याएको लघुवित्तले जगेडा कोषमा आकर्षक सुधार गरेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा १० लाख ५ हजार रुपैयाँले ऋणात्मक रहेको लघुवित्तको जगेडा कोषमा चालु आवको यसै अवधिमा एक करोड १० लाख रुपैयाँ सञ्चित छ। 

यस अवधिमा लघुवित्तले २१ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन र ५१ करोड ४७ लाख रुपैयाँ सापटीबाट ६९ करोड ४८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

असोज मसान्तसम्म लघुवित्तले निक्षेप संकलन ६९.६५ प्रतिशत र कर्जा विस्तार ७६.८४ प्रतिशतले बढाएको छ।

लघुवित्तले निष्क्रिय कर्जा अनुपात १.१२ बाट ०.९० प्रतिशतमा झारेको छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँ १० पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २५०.४६ गुणा छ।

कास्की जिल्लामा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र पर्बतमा केन्द्रीयकार्यलय रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले असोज १७ गते पोखरामा आयोजित एक कार्यक्रमका बीच आपसमा गाभिनको लागि सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।