अघिल्लो दिन बुधबार ७२ हजार १०० रुपैयाँमा खरीद बिक्री भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १०० रुपैयाँले घटेर ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
यसैगरी, बिहीबार तेजाबी सुनको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेर ७१ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ।
त्यस्तै, बिहीबार सुनको भाउसँगै चाँदीको भाउ समेत घटेको छ। बिहीबार चाँदी तोलामा ५ रुपैयाँ घटेर ८६० रुपैयाँमा कारोबार भईरहेको महासँघले जनाएको छ।
मूल्यमा आएको उच्च बृद्धिले तिज र दशैं जस्ता चाडपर्वमा पनि राम्रो कारोबार हुन नसकेको सुन पछिल्लो समय भने सन्तोषजनक नै कारोबार भइरहेको व्यवसायीहरु बताउछन्। तिहार अघि देखि नै सुन कोरोबारमा केहि बृद्धि भएको थियो।
मंसिरमा विवाह जस्ता कार्यको लागि सुन अत्यावश्यक हुने हुँदा पनि कारोबार केहि सन्तोषजनक रहेको एक सुनचाँदी व्यवसायीले बताए।