मालपोत कार्यालय धुलिखेलका कर्मचारी पक्राउ

Nov 21, 2019 11:16 AM Merolagani

मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय परिसरबाट नै अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।