नेपाल बंगलादेश बैंकद्वारा अनाथालयलाई ब्ल्यांकेट हस्तान्तरण

Nov 21, 2019 11:34 AM Merolagani

विश्व बाल दिवसको अवसरमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको छ। 

बैंकले मंसिर ४ गते ललितपुर–२३ हात्तीवन, धापाखेल, स्थित उक्त अनाथालयलाई ब्ल्यांकेट हस्तान्तरण गरेको हो।

बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो । बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले अनाथालयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेकि थिइन्।

सो अवसरमा संस्थाकी अध्यक्ष सावित्री पोखरेलले उक्त सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने बिश्वाश व्यक्त गरीन्।

 

बैंकको संस्थागत नारा ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।