दुई कम्पनीको शेयर सूचीकृत

Nov 21, 2019 01:09 PM merolagani

बिहीबार नेप्सेमा २ कम्पनीहरुले शेयर सूचीकृत गरेको छन्। यस दिन जनउत्थान सामुदायिक लघुवित्त र लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस र हकप्रद दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको हो।

जनउत्थान सामुदायिक लघुवित्तको २ लाख ८८ हजार कित्ता र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५१ लख ५१ हजार ६१२ कित्ता गरी कुल  साढे झण्डै ५४ लाख   कित्ता शेयर सूचीकृत भएको हो।

जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले बिक्री गरेको  २ लाख ८८ हजार कित्ता   हकप्रद शेयर बिहीबार दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको हो। 

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन (LICN) ले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ३४.४६ प्रतिशत अर्थात ५१ करोड ५१ लाख रुपैयाँ बराबरको बोनस वितरण गरेको थियो। सोहि शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको हो।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।