तीन नयाँ निर्जीवन बीमा कम्पनी मध्ये कुन कस्तो ?

Nov 22, 2019 03:54 PM Merolagani

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन नयाँ निर्जीवन बीमा कम्पनीहरुमध्ये अजोड इन्स्योरेन्सले आफ्नो उपस्थितीलाई मजबुत बनाउँदै लगेको छ। खुद बीमा शुल्कसँगै नाफा बढाएको इन्स्यारेन्सले बीमा कोषलाई समेत बलियो बनाएको हो।

सबैभन्दा कम खुद बीमा शुल्क संकलन गरेको सानिमा जनरल इन्स्योरेन्सको भने अन्य सूचक औषत देखिएको छ। करिब साढे ७ करोड खुद बीमा शुल्क आर्जन गरेको जनरल इन्स्योरेन्सको खुद नाफा र बीमा कोषमा सबैभन्दा कमजोर रहेको छ।

अजोड, सानिमा र जनरल इन्स्योरेन्स गत वर्षदेखि सञ्चालनमा आएका नयाँ निर्जीवन बीमा कम्पनीहरु हुन्। सबै कम्पनीको चुक्ता पूँजी समान ७० करोड रुपैयाँ छ।

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ। त्यस अनुसार हरेक कम्पनीहरुले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरी न्यूनतम चुक्ता पूँजी पुर्याउनेछन्।

  • अजोड इन्स्योरेन्स अब्बल देखिँदा बाँकी दुईको औषत

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अजोड इन्स्योरेन्स अब्बल देखिँदा सानिमा र जनरल इन्स्योरेन्स भने औषत देखिएका छन्।

यस अवधिमा अजोडले सबैभन्दा धेरै ७ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस्तै, बीमा कोषमा पनि सबैभन्दा धेरै ३ करोड २१ लाख रुपैयाँ सञ्चित छ। अजोडको जगेडा कोषमा भने सबैभन्दा कम एक करोड ८२ लाख रुपैयाँ मात्रै सञ्चित छ।

जगेडा कोषमा सानिमा जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै २ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। अजोड इन्स्योरेन्सको तुलनामा करिब ४५ लाख रुपैयाँ कम अर्थात ७ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको जनरलले ५८ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको छ। जनरलको बीमा कोषमा भने सबैभन्दा कम ३ करोड १५ लाख रुपैयाँ सञ्चित छ।

यता जगेडा कोष, बीमा कोष र खुद नाफाको आाधारमा मध्यम देखिएको सानिमा जनरल इन्स्योरेन्सले भने सबैभन्दा कम ३ करोड ४८ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको छ । उसको खुद मुनाफा ७४ लाख रुपैयाँ मात्र रहेको छ।

सानिमाको जगेडा कोषमा २ करोड ६८ लाख रुपैयाँ र बीमा कोषमा ३ करोड २० लाख रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।