विदेश जाने घट्दा रेमिट्यान्स वृद्धि घट्यो, २ खर्ब ३० अर्ब भित्रियो

Nov 21, 2019 04:14 PM Merolagani

वैदेशिक रोजगारीमा जानेहरुले संख्या घटेपछि विप्रेषण आप्रवाह (रेमिट्यान्स) पनि घटेको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विदेशमा रहेका नेपालीहरुले पठाउने रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ। 

तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो।

यस्तै अमेरिकी डलरमा प्राप्त हुने विप्रेषण आप्रवाह पनि ४.६ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो।

नेपालबाट अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो।

अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारमा जानेहरुको संख्या थोरै मात्र घटेपनि रेमिट्यान्स भने गत वर्षको भन्दा धेरै घटेको छ। गत वर्ष वैदेशिक रोजगारमा जानेको संख्या घटेपनि रेमिट्यान्स भने बढेको थियो।

त्यसैगरी पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ३.७ प्रतिशतले कमी आई २ खर्ब ६० अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.४ प्रतिशतले बढेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।