घट्दो बजारमा तीन कम्पनीको शेयरमूल्यमा सर्किट, नेप्से पाँचै दिन घट्दा ११२० अंकमा

Nov 21, 2019 03:54 PM Merolagani

शेयर बजार परिसूचक नेप्से यस साताको पाँचै कारोबार दिन घटेर बन्द भएको छ। आइतबारदेखि नै घट्न थालेको परिसूचक गिरावटको क्रम नरोकिँदा बिहीबार साताभरि कै उच्च अंक ७.७४ अंकले घटेर बन्द भएको हो। यस साताभरिमा कूल १५.३४ अंकले नेप्से झरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई परिवर्तन गर्न माग गर्दै आएका लगानीकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डल हेरफेरमा खतिवडा पनि फेरिने आंकलन गरेपनि ओलीले निरन्तरता दिएपछि लगानीकर्तामा मनोबैज्ञानिक असरले समेत बजारमा असर पुगेको छ।

  • तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, जनउत्थान लघुवित्तको घट्यो

घट्दो बजारमा बजारको बाापुत बिहीबार तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नेपाल हाईड्रो डेभलोपर र घोडिघोडा लघुवित्तको शेयरमूल्यमा सर्किट लागेको हो। साल्ट ट्रेडिङ्गको शेयर १३७, नेपाल हाईड्रो डेभलोपरको १० रुपैयाँ, र घोडिघोडा लघुवित्तको शेयर प्रतिकित्ता ५७ रुपैयाँले बढेको छ।

अन्य हाईड्रोपावर कम्पनीहरु आखुँखोला, कालिका, रिडी, खानीखोलाको पनि आज २ प्रतिशत धेरैले शेयरमूल्य उकालो लागेको छ ।

 

उता जनउत्थान लघुवित्तको शेयरमूल्य ८.२० प्रतिशत अर्थात प्रतिकित्ता १०५ रुपैयाँले घटेर १ हजार ११७ मा झरेको छ। लक्ष्मी लघुवित्त र मिथिला लघुवित्तको शेयरमूल्य आज ५ प्रतिशत धेरैले घटेको छ। माउन्टेन हाइड्रो प्रुडेन्सियल इन्स्योरेन्स, बेष्ट फाइनान्स र स्पर्श लघुवित्तको शेयरमूल्य ३ प्रतिशत धेरैले ओरालो लागेको छ।

  • कारोबार रकम खुम्चियो, ब्यापार सूचकमा उछाल- नौं ऋणात्मक

बिहीबार १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर ५ हजार ६७२ पटकको कारोबार हुँदा २९ करोड ७७ लाख ९७ हजार रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्। बिहीबारको कारोबार अघिल्लो दिनको तुलनामा ६० लाख रुपैयाँले थोरै हो। बुधबार ३० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो।

यस दिन कारोबारमा आएका एक सय कम्पनीको शेयरमूल्य घटेको छ भने २८ कम्पनीको मात्र शेयरमूल्य बढेको छ । बाँकी कम्पनीको स्थिर रह्यो।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्यमा सकारात्मक सर्किट लागेपछि ब्यापार सूचकमा उछाल आएको छ।बिहीबार कारोबारमा आएका बाह्र उपसमूहका सूचकमध्ये ब्यापार सूचक ७.४६ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड र अन्य उपसमूहको सूचक सामान्य सकारात्मक रह्यो। बाँकी ९ सूचक ऋणात्मक रहेकोमा उत्पादन सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ। बैंकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, वित्त, निर्जीबन बीमा, जीबन बीमा र लघुवित्तको सूचक समेत ऋणात्मक रहे।

  • एनएमबि बैंकको उच्च कारोबार

बिहीबार नेप्सेमा एनएमबि बैंकको सबैभन्दा धेरै एक लाख १२ हजार कित्ता शेयर ४ करोड ३० लाख रुपैयाँमा खरीद बिक्री भएका छन्।

यसैगरि नेपाल बैंकको २ करोड ५ लाख ५८ हजार, एनआईसी एशिया बैंकको एक करोड २८ लाख, र साल्ट ट्रेडिङ्गको एक करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यसैगरि लुम्बिनी जनरल इन्स्योरेन्स, लुम्बिनी विकास बैंकको संस्थापक, घोडीघोडा लघुवित्त, प्राइम कमर्सियल बैंक, अपर तामाकोशी र हिमालय डिष्टिलरी शिर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन्। यी कम्पनीको ६५ लाखदेखि ८६ लाखसम्मको कारोबार भएको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।