मुलुकको अर्थतन्त्र सुधारोन्मुख, आयात घटी निर्यात बढ्दो

Nov 21, 2019 04:03 PM Merolagani

नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको तथ्याङ्क अनुसार मुलुकको अर्थतन्त्र सकरात्मक दिशातर्फ अघि बढ्न थालेको देखिएको छ। लामो समयदेखि बढ्दै गएको परनिर्भरता घट्दा व्यापार घाटा समेत घट्न थालेको छ।

 केन्द्रीय बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात भन्दा निर्यात बढेको छ। केहि वर्ष अधिदेखि नै आयात अत्याधिक रुपमा बढीरहेकोमा पछिल्लो समय भने आयात घटेर निर्यात बढेको देखिएको छ। यसले मुलुकको अर्थतन्त्र सुधारोन्मुख दिशातर्फ अघि बढेको संकेत गरेको छ।

तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कूल वस्तु निर्यात १४.४ प्रतिशतले वृद्धि भई २७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने आयात १०.३ प्रतिशतले घटेर ३ खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ।  

गत आर्थिक वर्षको यसै अवधिमा निर्यात १६.१ प्रतिशतले वृद्धि भएको थियो भने आयात ४३.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा भारततर्फको निर्यात ३५.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १९.९ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ११.७ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तयारी पोशाक, ऊनी गलैचा, तार लगायतका वस्तुहरुको निर्यात घटेको छ।

त्यसैगरी भारतबाट हुने आयात १२.२ प्रतिशतले घटेको छ भने अन्य मुलुकबाट हुने आयात १९.१ प्रतिशतले घटेको छ। त्यस्तै चीनबाट हुने आयात भने ११.६ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, अन्य मेसिनरी तथा पाटपुर्जा, विद्युतीय उपकरण, सोलार प्यानल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुहरुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, मेची भन्सार कार्यालय र कन्चनपुर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ।

आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको राष्ट्र बैंकले जनाएको छ।

आर्थिक वर्ष २०७६/७७ को तीन महिनासम्ममा कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले घटेर ३ खर्ब ७ अर्ब ७८ करोड रहेको छ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.४ प्रतिशत रहेको थियो। व्यापार घाटा घटेपछि चालु खाता घाटा समेत घटेको छ। गत वर्षको यसै अवधिमा ८१ अर्ब ७४ करोडले घाटामा रहेको चालु खाता यसपाली २७ अर्ब १८ करोडमा घाटामा छ। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।