सिर्जना फाइनान्सको हकप्रद भर्ने शुक्रबार अन्तिम दिन

Nov 22, 2019 10:33 AM Merolagani

सिर्जना फाइनान्स(SFFIL)ले बिक्रीमा ल्याएको ६० प्रतिशत हकप्रद भर्ने मंसिर ६ गते शुक्रबार अन्तिम दिन रहेको छ । फाइनान्सले चुक्ता पूँजी वृद्धि गर्न असोज १७ गतेदेखि बिक्रीमा ल्याएको २७ करोड ६४ लाख ६९ हजार दुई सय रुपैयाँ बराबरको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर शुक्रबार कार्यालय समय पश्चात बिक्री बन्द हुने भएको हो ।

फाइनान्सले हकप्रद बिक्री प्रयोजनका लागि असोज ६ गते सोमबार बुक क्लोज गरेकोले असोज ५ गतेसम्म कायम शेयरधनीले मात्र फाइनान्सको हकप्रद खरीद गर्न सक्नेछन ।

शेयरधनीहरुले हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तिनको शाखा कार्यालय र मेरो शेयर सफ्टवेयर मार्फत अनलाईन आवेदन गर्न सक्नेछन । फाइनान्सको हकप्रद शेयर निष्काशन प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

फाइनान्सको उक्त ६० प्रतिशत हकप्रद शेयरकालागि इक्रा नेपालले इक्रा एनपि आईपीओ ग्रेड ४ प्लस रेटिङ्ग प्रदान गरेको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ छ । ६० प्रतिशत हकप्रद बिक्री पश्चात फाइनान्सको चुक्ता पूँजी ६४ करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।