प्रभु बैंकको साधारण सभा आज, शेयर स्वामित्वको संरचना परिवर्तन र लाभांश अनुमोदन गर्दै

Nov 22, 2019 11:06 AM Merolagani

प्रभु बैंक (PRVU) ले मंसिर ६ गते आज केन्द्रिय कार्यालय, बबरमहलमा दिनको २ बजे आह्वान गरेका अठारौँ वार्षिक साधारण सभाले गत वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश अनुमोदन गर्दैछ।

बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतले हुने रकम १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुने रकम ७ करोड ४८ लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

त्यसैगरी सभाले बैंकको शेयर स्वामित्वको संरचना परिवर्तन गरी संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेगरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत पारित गर्दैछ। हाल बैंकमा संस्थापक समूहको ५५ प्रतिशत र सर्वसाधारण समूहको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ।

सभामा अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि संचालक समितिलाई अख्तियारी पनि प्रदान गर्नेछ।

 हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख रहेको छ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख पुग्नेछ।

कात्तिक १५ गते बसेको बैंकको संचालक समितिको बैठकले आज साधारण सभा गर्ने निर्णय गरेको थियो।

साधारण सभा प्रयोजनको लागि बैंकले कात्तिक २६ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गरेकाले कार्तिक २५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र बैंकको लाभांश र साधारणसभामा भाग लिन पाउनेछन्। बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।