स्वदेशी लघुवित्तको शेयरमूल्य समायोजन

Nov 22, 2019 11:16 AM Merolagani

स्वदेशी लघुवित्त(SDESI) को मंसिर ६ गते शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले गत बर्षको कमाईबाट शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको २० प्रतिशत बोनश शेयर पश्चात नेप्सेले शेयर मूल्य समायोजन गरेको हो।

नेप्सेले कम्पनीको शेयर मूल्य समायोजन गरी प्रतिकित्ता ५ सय ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ। उक्त समायोजित मूल्यलाई आधार मानेर आइतबार लघुवित्तको शेयर कारोबार खुल्नेछ।

बुकक्लोजसंगै नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी नयाँ शेयर मूल्य निर्धारण गरेको हो।
लघुवित्तले साधारणसभा प्रयोजनको लागि मंसिर ६ गते शुक्रबार बुकक्लोज गरेको होे। जस अनुसार लघुवित्तले वितरण गर्ने लाभांश मंसिर ५ गतेसम्म कायम शेयरधनीलेमात्र प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल ३५प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

उक्त लाभांश अनुमोदन गर्न लघुवित्तले मंसिर १६ गते होटल पाथिभराको सभाहल, इटहरीमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ।

साथै सभाबाट बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।