सोल्टी होटलको साधारण सभा पुस २४ गते, बुकक्लोज तय

Nov 22, 2019 02:57 PM Merolagani

सोल्टी होटल लिमिटेड (SHL) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न पुस २४ गते ४५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ। होटलले नेपाल प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजे साधारण सभा बोलाएको हो।

 

साधारण सभामा होटलले हाल कायम चुक्ता पूँजीको २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजादैछ जसमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत कूल ११.३१५ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने प्रस्ताव रहेको छ।

साधारण सभा प्रयोजनको लागि होटलले मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुकक्लोज गर्नेछ। यसअनुसार मंसिर  २४ गतेसम्म कायम शेयरधनीहरुले होटलको लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल होटलको चुक्ता पूँजी ७३ करोड २६ लाख ७५ हजार रहेको छ। १५ प्रतिशत बोनस शेयर वितरण पश्चात होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७६ हजार पुग्नेछ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।