प्रभु बैंकको संस्थापक शेयरको हिस्सा घट्यो, ब्रोकेज सेवा र एक्वीजिशनमा जोड

Nov 22, 2019 05:50 PM Merolagani

संस्थापक शेयरको हिस्सा घटाउँदै व्यवसाय विस्तारका लागि सहायक कम्पनी स्थापना गरि ब्रोकेज सेवा थप गर्ने तथा अन्य संस्था प्राप्ती (एक्वीजिशन) गर्ने कार्यलाई अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्दै प्रभु बैंक (PRVU) को अठारौं वाार्षिक साधारण सभा सकिएको छ।

बैंकको प्रधान कार्यालय बबरमहलमा मंसिर ६ गते शुक्रबार सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको १६ प्रतिशतले बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश समेत अनुमोदन गरेको छ। 

सञ्चालक समितिले प्रस्ताव गरेको १ अर्ब ४२ करोड २८ लाख रूपैयाँ बराबरको बोनस शेयर अनुमोदनसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुगेको छ।  बैंकले अघिल्लो वर्ष ८ प्रतिशत बोनस शेयर वितरण गरेकोमा गत आवमा दोब्बर वितरण गरेको हो।

अठारौँ वाार्षिक साधारण सभाले शेयर स्वामित्वको संरचना  परिवर्तन पश्चात बैंकमा ५५ प्रतिशत रहेको संस्थापक शेयरको हिस्सा घटेर ५१ प्रतिशत कायम भएको छ भने ४५ प्रतिशत रहेको साधारण शेयरको स्वामित्व ४९ प्रतिशतमा बढेको छ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ। जसका लागि बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने, समझदारीपत्र तर्जुमा गर्ने र आवश्यक अन्य सम्पूर्ण कार्य गर्न पनि अनुमति दिएको छ। 

अब एक्वीजिसन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर तथा अन्य सम्पुर्ण कार्यहरु सञ्चालक समितिले नै गर्न सक्नेछ। 

बैंकले सहायक कम्पनी स्थापना गरी शेयर ब्रोकरको काम गर्ने भएको छ। बैंकले आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी शेयर ब्रोकरको काम गर्ने व्यवस्था थप गरेसँगै सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्ने बाटो खुलेको हो।

सभाले संस्थापक र साधारण शेयरधनीको तर्फबाट बैंकमा प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या संसोधन गरेको छ भने नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा थप संसोधन तथा परिमार्जन गर्न निर्देशन प्राप्त भए बमोजिम गर्न समेत अधिकार प्रत्यायोजन गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।