लघुवित्त सञ्चालक समितिको मंसिर ७ गते सम्पन्न ३६१ औँ बैठकले २७.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४३४ प्रतिशत नगद गरि कूल २८.६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।
साना किसान विकास लघुवित्त संस्थाले गत आर्थिक वर्ष २०७५।०७६ मा आफ्नो खुद नाफा २४।९२ प्रतिशत अर्थात ९ करोड ७९ लाख रुपैयाँले वृद्धि गर्दै ४९ करोड १० लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
हाल ७८ करोड ६० लाख ३४ हजार ९१० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित बोनस शेयर अनुमोदन पश्चात एक अर्ब एक करोड २९ लाख ५४ हजार ४४३ रुपैयाँ पूँजी कायम हुनेछ।
अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा लघुवित्तले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।