लघुवित्तले साधारण सभा आह्वान गर्दा गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको ७५% बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने घोषणाका कारण यस कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका हुन्।
यस दिनको मार्केट डेप्थ अनुसार बजार खुलेको २५ मिनेटसम्ममा लघुवित्तको शेयरमा जम्मा १ हजार ४५२ कित्ताको माग रहेको छ भने बिक्रीमा ३०४ कित्ता रहेको छ।
गत साता १ हजार ७०६ रुपैयाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयर १ हजार ७५० सम्ममा खरिद गर्न लगानीकर्ता तयार देखिन्छन् भने बिक्रीकर्ताहरु १ हजार ८१५ सम्ममा बिक्री गर्न खोजिरहेका छन्।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ७५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल ८० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांशको प्रस्ताव पारित गर्न लघुवित्तले मंसिर २९ गते साधारण सभा आयोजना गर्ने भएको छ।
सो सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। उच्च लाभांश र त्यसपछि हकप्रदका कारण लगानीकर्ताहरु लघुवित्तको शेयर खरिद गर्न खोजिरहेका छन्। तर, बिक्रीकर्ताहरु भने शेयर बिक्री गर्ने तरखरमा देखिँदैनन्।
आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लघुवित्तले २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले मंसिर १५ गतेदेखि बुक क्लोज गर्नेछ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ४ करोड २० लाख खुद नाफा आर्जन गरेको थियो। सो अवधिमा लघुवित्तको चुक्ता पूँजी २६ करोड ४० लाख रहेको छ भने प्रति शेयर आम्दानी ६३.६० रुपैयाँ रहेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात २६.८२ गुणा रहेको छ।