Wed, Mar 27, 2024
वोमी माइक्रोफाइनान्स (WOMI) र नागरिक लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्रदान भएको छ। राष्ट्र बैंक सञ्चालक समितिको मंसिर ६ गते शुक्रबारको बैठकले मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो।
गत फागुन २४ गते वोमी र नागरिक लघुवित्तबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। मर्जर प्रकृयालाई अन्तिम रुप दिन असोज २ गते बिहीबार सम्पन्न दुबै संस्थाको विशेष साधारणसभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो। साधारण सभाबाटै मुल्यांकनकर्ताबाट सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण भएको शेयर आदान प्रदान अनुपात (१००ः७२) परित गरी मर्जरको लागि स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत वोमी र सार्वजनिक निष्काशन नगरेको नागरिक लघुवित्तले गत फागुन २५ गते मर्जरमा जाने सम्झौता गरेका थिए। वोमीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार र नागरिक लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। वोमी लघुवित्त र नागरिक लघुवित्त आपसमा आपसमा गाभिए पश्चात बन्ने संस्थाको नाम वोमी लघुवित्त रहने छ भने संस्थाको केन्द्रीय कार्यालय हाल नागरिक लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थानमा रहने छ। वोमीले बोलायो विशेष साधारण सभा, नागरिक लघुवित्तसँगको शेयर स्वाप रेसियो पारित गर्दै वोमी र नागरिक लघुवित्त मर्जरमा जाने, शेयर कारोबार रोक्का
गत फागुन २४ गते वोमी र नागरिक लघुवित्तबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। मर्जर प्रकृयालाई अन्तिम रुप दिन असोज २ गते बिहीबार सम्पन्न दुबै संस्थाको विशेष साधारणसभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो।
साधारण सभाबाटै मुल्यांकनकर्ताबाट सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण भएको शेयर आदान प्रदान अनुपात (१००ः७२) परित गरी मर्जरको लागि स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत वोमी र सार्वजनिक निष्काशन नगरेको नागरिक लघुवित्तले गत फागुन २५ गते मर्जरमा जाने सम्झौता गरेका थिए। वोमीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार र नागरिक लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ।
वोमी लघुवित्त र नागरिक लघुवित्त आपसमा आपसमा गाभिए पश्चात बन्ने संस्थाको नाम वोमी लघुवित्त रहने छ भने संस्थाको केन्द्रीय कार्यालय हाल नागरिक लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थानमा रहने छ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।