युनिभर्सल पावरको नाफा १ करोड ५३ लाख

Nov 25, 2019 08:00 AM Merolagani

युनिभर्सल पावर कम्पनी लिमिटेड (UPCL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ५३ लाख खुद नाफा आर्जन गरेको छ। 

कम्पनीले दोलखा जिल्लामा अवस्थित खारे खोलामा हाल निर्माण गरिरहेको ११ मेगावाटको जलविद्युत आयोजना अन्तिम चरणमा छ। त्यसैगरी, कम्पनीले माथिल्लो इङ्खु खोला जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ भने ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी गर्ने सम्झौता गरेको छ।

सो अवधिमा कम्पनीले २ करोड ४२ लाख २५ हजार रुपैयाँ अन्य स्रोतबाट आम्दानी गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रशासनिक खर्च १८ लाख ६६ हजार रुपैयाँ रहेको छ।

२ अर्ब १० करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ५ करोड ८० लाख ८६ हजार रहेको छ। कम्पनीको दीर्घकालीन बैंक ऋण १ अर्ब ५ करोड २५ लाख रहेको छ भने अल्पकालीन बैंक ऋण १ करोड ५३ लाख १२ हजार रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा कम्पनीको त्रैमासिक प्रतिशेयर आम्दानी ७३ पैसा रहेको छ भने वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ९३ पैसा रहेको छ। कम्पनीको प्रति शेयर नेटवर्थ १०२.७७ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर कूल सम्पत्तीको मूल्य १५८.३५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०६.८५ रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।