लघुवित्तको साधारण सभा मकवानपुरको हेटौँडा स्थित होटल सामना प्रा.लि.को सभा हलमा बिहान १०ः३० बजे सुरु हुनेछ।
सभाले सञ्चालक समितिबाट सिफारिश भएको गत आर्थिक वर्षको नाफाबाट २७.११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले बोनस शेयरमा लाग्न कर समेत गरी हाल कायम चुक्ता पूँजीको १७.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
सभामा अन्य ईजाजतपत्र प्राप्त ‘घ’ वर्गको एक वा एकभन्दा बढी लघुवित्तलाई प्राप्ती गर्ने कार्य अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि रहेको छ।
साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर १६ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। लघुवित्तको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
हाल १ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३२ करोड रुपैयाँ बराबरको बोनस वितरण पश्चात पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।