लघुवित्तले ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँ बराबरको बोनस शेयर र २० लाख ३४ हजार ७४३ रुपैयाँ नगद वितरण गर्नेछ ।
२२ करोड ९ लाख १५ हजार चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैयाँ पूँजी कायम भएको छ ।
यसैगरि लघुवित्तले पूँजी वृद्धिका लागि बोनस पश्चात कायम हुने २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैयाँ पूँजीको एक बराबर एक अनुपात अर्थात् शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पनि पारित गरेको छ । हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्ता पूँजी ५१ करोड नाघ्नेछ ।
त्यस्तै लघुवित्तले साधारण सभामा मर्जर प्राप्तिका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नुका साथै लेखाापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, पूँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संसोधनका साथै वार्षिक प्रतिवेदन र नाफा नोक्सान हिसाबमाथि छलफल लगायतका एजेण्डा पारित गरेको छ।