तीन कम्पनीको ४४ लाख कित्ता शेयर सूचीकृत

Nov 25, 2019 05:28 PM merolagani

नेपाल स्टक एक्सचेञ्जमा मंसिर ९ गते सोमबार तीन बिमा कम्पनीको ४४ लाख कित्ता शेयर सूचीकृत भएको छ।

बिमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गरेको कुल ४४ लाख ६ हजार ९०५ कित्ता बोनस शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो।

यस दिन नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५३४ कित्ता, प्राइम लाइफको २२ लाख ३१ हजार ४३ कित्ता र नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३२७ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।