लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 26, 2019 08:32 AM Merolagani

लक्ष्मी लघुवित्त (LLBS) ले गत आर्थिक वर्षको मुनाफबाट वितरण गर्ने घोषणा गरेको २६.३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (मंसिर १० गते, मङ्गलबार) अन्तिम दिन हो।

भदौ २४ गते मङ्गलबार बसेको लघुवित्तको सञ्चालक समितिको ११३ औँ बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर ११ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले मंसिर १० गतेसम्म कायम भएका शेयरधनीहरुलेमात्र लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्। लघुवित्तले मंसिर २० गते अग्रवाल भवन कमलपोखरीमा साधारण सभा बोलाएको छ।

हाल २४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित १५ प्रतिशत बोनस वितरण पश्चात पूँजी २७ करोड ८३ लाख रुपैयाँ पुग्नेछ।

लघुवित्त कम्पनीले चालु आवको असोज मसान्तसम्ममा ३ करोड १७ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। प्रथम त्रैमासमा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ६६ पैसा पुगेको छ।

मंसिर ९ गते सोमबार दोस्रो बजारमा लघुवित्तको शेयरमूल्य ६८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।