सिटिजन्स बैंक ऋणपत्र निष्कासनको अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

Nov 26, 2019 12:28 PM Merolagani

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले २ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो।

ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको छ। बैंकले प्रति ऋणपत्र १ हजार अंकित दरका २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। सोमध्ये १० लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ भने बाँकी १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

बैंकले ऋणपत्र निष्कासनको लागि बोर्डमा मंसिर १ गते आवेदन दिएको हो।

सिटिजन्स बैंकले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ३४ करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ करोड ९६ लाख रुपैयाँ कम हो। गत आवको प्रथम त्रैमासमा बैंकले ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सिटिजन्स बैंक सहित ६ कम्पनीहरुले कूल १ करोड २७ लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।