लक्ष्मी बैंकको शाखा अब कपिलवस्तुको गोरुसिङे र पकडिमा पनि

Nov 26, 2019 02:35 PM Merolagani

लक्ष्मी बैंक (LBL) ले कपिलवस्तुको गोरुसिङे र पकडिमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा ११८ औँ र ११९औँ शाखा सञ्चालनमा ल्याएकोे हो।

बैंकले यीे शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु–व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ। 

नयाँ शाखाका सहित लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११९ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउण्टर, १४४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ।

यी शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ।

शाखा विस्तारसँगै बैंकले ग्राहकहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।