नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५९३ रुपैयाँ ९१ पैसा कायम गरेको छ। समायोजित मूल्यलाई आधार मानेर बुधबार नेप्सेमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।
लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश वितरण गर्न बुधबारदेखि बुक क्लोज गरेको हो। मंगलबारसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्।
लघुवित्तले मंसिर २० गते अग्रवाल भवन कमलपोखरीमा साधारण सभा बोलाएको छ।
हाल २४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित १५ प्रतिशत बोनस वितरण पश्चात पूँजी २७ करोड ८३ लाख रुपैयाँ पुग्नेछ।