दुई वाणिज्य बैंक सहित १६ कम्पनीको शेयर लिलामीमा आवेदन दिने बुधबार अन्तिम दिन

Nov 27, 2019 12:09 PM Merolagani

दुई वाणिज्य बैंक, तीन विकास बैक, ५ वटा लघुवित्त कम्पनी र लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को साधारण शेयर तथा पाँच वाणिज्य बैंकको ऋणपत्रको लिलामीमा आवेदन गर्ने मंसिर ११ गते बुधबार अन्तिम दिन रहेको छ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ कार्तिक २ गतेदेखि परिपक्क भएपछि कोष व्यवस्थापक एनएमबि क्यापिटलले मंसिर ५ गते बिहीबारदेखि ११ कम्पनीका शेयर र पाँच बैंकको ऋणपत्र लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो।

कोषले ११ कम्पनीको ४७ हजार ६७० कित्ता साधारण शेयर र पाँच बैंकको एक लाख ७४ हजार कित्ता डिबेञ्चर लिलामी मार्फत बिक्री गर्न लागेका हो। 

इच्छुक लगानीकर्ताले मंसिर ११ गते बुधबार (आज) सम्म शिलबन्दी बोलपत्र भर्नुपर्नेछ। बोलपत्र मंसिर १२ गते खुला गरिने जनाइएको छ।

क्यापिटलले लिलामीमा गर्न लागेको कम्पनीहरुको न्यूनतम शेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ र ऋणपत्रको न्यूनतम एक हजार रुपैयाँ भन्दा धेरै मूल्य तोकिएको छ। सो वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्यमा लगानीकर्ताले आवेदन गर्न सक्नेछन्।

फण्ड परिपक्क भएपछि आफ्ना ईकाईधनीहरुको रकम फिर्ता गर्न उक्त कम्पनीहरुको शेयर लिलामी गर्न लागेको हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।