रिलायन्स फाइनान्स नोक्सानीमा

Nov 28, 2019 10:51 AM Merolagani

रिलायन्स फाइनान्स (RLFL) ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ। एनएफआरएस वित्तीय विवरणमा चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा फाइनान्सले १ करोड ३१ हजार रुपैयाँ खुद नोक्सानी ब्यहारेको हो। 

फाइनान्स गत आवको प्रथम त्रैमासमा पनि एक करोड ४९ लाख ३१ हजार नोक्सानीमा रहेको थियो।

खराब कर्जा वापत ५ करोड बढी नोक्सानी व्यवस्थापन गर्दा फाइनान्सले खुद ब्याज आम्दानीमा सुधार गरेपनि नोक्सानी ब्यहोरेको हो।यद्यपी कम्पनीले नोक्सानी भने सुधार गरेको छ।

असोज मसान्तसम्म फाइनान्सले ४ अर्ब २४ करोड ९५ लाख रुपैयाँ बचत संकलन गरि ३ अर्ब ७५ करोड ४५ लाख कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा फाइनान्सको निक्षेप संकलन ७१ करोड र कर्जा लगानी ४९ करोडले बढेको हो।

यसबाट फाइनान्सले ५ करोड ९० लाख खुद ब्याज आम्दानी गरेको छ । जबकी गत आवको यसै अवधिमा फाइनान्सको यस्तो आम्दानी २ करोड ३० लाख थियो।

चुक्ता पूँजी ८३ करोड एक लाख ४५ हजार रुपैयाँ रहेको फाइनान्सको जगेडा कोषमा १५ करोड १७ लाख रुपैयाँ सञ्चित छ भने शेयरधनी कोषमा ५ करोड ६० लाख रहेको छ ।

फाइनान्सको निष्कृय कर्जा अनुपात १.९१ बाट बढेर ३.६० प्रतिशत पुगेको छ। वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८३ पैसा ऋणात्मक रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ८५ पैसा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।