सामुदायिक लघुवित्तको बुकक्लोज मिति तय, पुस ११ गते साधारण सभा

Nov 28, 2019 11:02 AM Merolagani

सामुदायिक लघुवित्त (SLBSL) ले आगामी पुस ११ गते हुने साधारण सभा प्रयोजनको लागि बुकक्लोज मिति तय गरेको छ।

लघुवित्तको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि मंसिर २० गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार मंसिर १९ गतेसम्ममा लघुवित्तको शेयर खरिद गरी शेयरधनी कायम भएकाहरुले मात्र लघुवित्तको लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन्।

 

साधारण सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट ३३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। जसमा चुक्ता पूँजीको ३२ प्रतिशत अर्थात तीन करोड २० लाख रुपैयाँ बराबरको बोनस शेयर तथा कर प्रयोजनका लागि १.६८ प्रतिशत अर्थात १६ लाख ८४ हजार २१० रुपैयाँ नगद लाभांश रहेको छ।

त्यसैगरी लघुवित्तले सभामा बोनशपश्चात कायम हुने चुक्ता पूँजीको २ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत लैजाँदैछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।