ग्लोबल र जनतालाई मर्जरको अन्तिम स्वीकृति, मंसिर २० देखि एकीकृत कारोबार

Nov 28, 2019 04:51 PM Merolagani

ग्लोबल आईएमई र जनता बैंकलाई एक आपसमा मर्जरमा जान नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले अन्तिम स्विकृती प्रदान गरेको छ।

राष्ट्र बैंकबाट मर्जरमा जान अन्तिम स्विकृती पाएसँगै बैंकको संयुक्त मर्जर कमिटीले यहि मंसिर २० देखि एकीकृत कारोबार गर्नेगरि तयारी थालेको छ। संयुक्त मर्जर कमिटीका एक सदस्यले मंसिर २० गतेदेखि एकीकृत कारोबार गर्नेगरि कुराकानी अगाडि बढेको मेरोलगानीलाई जानकारी दिए।

दुई बैंकबीच मर्जरका लागि असार २० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मंसिर २ गते दुबै बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेसँगै उनीहरु एकीकृत कारोबारको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक गएका थिए ।

मर्जरपछि बन्ने एकीकृत ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा हाल जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहने छन्। बैंकमा ग्लोबलबाट पाँच जना र जनताबाट दुई जना सञ्चालक रहनेछन्।

एकीकृत बैंकको चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ। यो चुक्ता पूँजीको आधारमा नेपालकै सबैभन्दा ठूलो हो। गत आवको मुनाफाबाट ग्लोबलले २५ र जनताले १२ प्रतिशत लाभांश वितरण गरेकोमा ग्लोबलले १२.७५ र जनताले ६ प्रतिशत बोनस वितरण गरेर पूँजी बढाएका थिए।

एकीकृत ग्लोबल आइएमइ बैंकको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब र करिब ३०० शाखा कार्यलय र २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ।

यसैगरि बैंकले ३ हजार २५० भन्दा बढी कर्मचारीहरुबाट करिब २० लाख संख्यामा रहेको ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नेछ।

ग्लोबल र जनताको मर्जपछि पूँजीका आधारमा अब्बल बनेपछि प्रतिस्पर्धामा उत्रन अन्य वाणिज्य बैंकहरुलाई पनि मर्जरमा जान दबाब परेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।