लघुवित्तले साउन २१ देखि भदौ २३ गते सम्म बिक्रीमा एक बराबर एक अनुपातको ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो। उक्त शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो।
११ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शतप्रतिशत हकप्रद बिक्री भएपछि पूँजी २२ करोड ९ लाख रुपैयाँ पुगेको छ।