मुक्तिनाथ विकास बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

Dec 01, 2019 10:56 AM merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले लिलामी बिक्रीमा ल्याएको ४ लाख ३ हजार २२०.२५ कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने मंसिर १५ गते (आज) अन्तिम दिन रहेको छ। बैंकले मंसिर ८ गते देखि ३ लाख ७०३.९३ कित्ता सर्वसाधारण र १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता संस्थापक शेयरको लिलामी ल्याएको थियो।

सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम कित्तासम्मका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

खण्डित शेयरमा गरिएको आवेदन रद्द हुनेछ भने संस्थापक शेयरका लागि हाल कायम संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

बैंकले भदौ १२ गतेदेखि असोज १५ गतेसम्म बिक्रीमा ल्याएको चुक्तापूँजीको २० प्रतिशत हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बढाबढ गरी बिक्री गरेको हो। बैंकको हकप्रदलाई इक्रा नेपालले ‘ग्रेड ३’ रेटिङ्ग दिएको थियो जसले औसत आधार जनाउँछन्।

हाल ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात विकास बैंकहरुमा सबैभन्दा धेरै ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।