सिटिजन्स बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड

Dec 01, 2019 05:19 PM Merolagani

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड पाएको छ। मंसिर १४ गते साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले बंगलादेशको ढाकामा आयोजना गरेको एक समारोहका विच बैंकलाई उक्त अवार्डद्धारा पुरस्कृत गरिएको हो।

साथै बैंकलाई उक्त समारोहमा सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स डिस्क्लोजर्स २०१८ बाट पुरस्कृत गरिएको छ भने प्राइभेट सेक्टर बैंक बिधामा बैंकले सर्टिफिकेट मेरीट प्राप्त गरेको छ। 

सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आईरहेको छ ।

साफाले यो पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशन, तथा अन्य डिस्क्लोजर्सका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई दिने पुरस्कार हो ।

साफाद्वारा बैंक लगातार तीन वर्षदेखि पुरस्कृत हुदै आएको छ ।

बैंकले आगामी दिनमा पनि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रकाशन गर्ने तथा संस्थागत सुशाशनलाई थप पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले हाल ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।