चौतारीले आरम्भसँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृती दिन डाक्यो साधारण सभा

Dec 02, 2019 08:06 AM Merolagani

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (CHLBS) ले आरम्भ लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृती दिन साधारण सभा आह्वान गरेको छ। लघुवित्तको साधारण सभा पुस ९ गते दियालो फुडल्याण्ड, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ।

सभाले दुई लघुवित्त १ बराबर १ शेयर आदानप्रदान अनुपातमा मर्ज हुने, मर्जर पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने, एकीकृत लघुवित्तको शेयर स्वामित्व संस्थापकको ६३.६६ र सर्वसाधारणको ३६.३४ प्रतिशत कायम गर्ने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बन्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साथै, लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र १०.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल १८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको चौतारी लघुवित्तको बोनस वितरणपश्चात पूँजी १९ करोड ९० लाख रुपैयाँ पुग्नेछ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर २२ गतेदेखि पुस ९ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ। लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात ७०.२७ गुणा छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।