सत्र फाइनान्सको औषत नाफा १ करोड ३४ लाख

Dec 03, 2019 10:45 AM Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ फाइनान्स कम्पनीहरुले औषतमा १ करोड ३४ लाख ५४ हजार खुद नाफा आर्जन गरेका छन्। त्यसैगरी, यी फाइनान्स कम्पनीहरुको औषत प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३९ पैसा रहेको छ भने औषत शेयरमा प्रतिफल (आरओई) १.८१ प्रतिशत रहेको छ।

सो अवधिसम्ममा सर्वाधिक नाफा आइसीएफसी फाइनान्सले कमाएको छ। असोज मसान्तसम्ममा फाइनान्सले ३ करोड ५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। फाइनान्सको चुक्ता पूँजी ८८ करोड २१ लाख रहेको छ भने जगेडा कोषमा ४३ करोड ७६ लाख रुपैयाँ सञ्चित छ। फाइनान्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८४ पैसा रहेको छ।

सबैभन्दा कम नाफा सिर्जना फाइनान्सको रहेको छ भने दुई फाइनान्स कम्पनीहरुको नोक्सानीमा छन्। सो अवधिसम्ममा सिटी एक्सप्रेसले २५ लाख रुपैयाँ र रिलायन्स फाइनान्सले १ करोड रुपैयाँ नोक्सानी व्यहोरेको छ।

  • प्रतिशेयर आम्दानी

वित्तीय विवरण सार्वजनिक गरेका १७ मध्ये ७ फाइनान्स कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँभन्दा बढी रहेको छ भने दुईको ऋणात्मक रहेको छ।

सबैभन्दा धेरै प्रतिशेयर आम्दानी भने प्राइम कमर्सियल बैंकसँग एक्वीजिशन प्रकृयामा रहेको ललितपुर फाइनान्सको ३१ रुपैयाँ १२ पैसा रहेको छ। २३ करोड ६८ लाख चुक्ता पूँजी रहेको  फाइनान्सले असोज मसान्तसम्ममा १ करोड ८४ लाख खुद नाफा आर्जन गरेको छ।

नाफा कमाउने १५ कम्पनीमध्ये सबैभन्दा कम प्रतिशेयर आम्दानी युनाइटेड फाइनान्सको रहेको छ। वित्तीय विवरण अनुसार फाइनान्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४८ पैसा मात्र रहेको छ।

  • शेयरमा प्रतिफल (आरओई)

सर्वाधिक प्रतिशेयर आम्दानी रहेको ललितपुर फाइनान्सको शेयरमा प्रतिफल (आरओई) पनि उच्च नै रहेको छ। असोज मसान्तसम्ममा सो फाइनान्सको आरओई ४६.४१ प्रतिफल रहेको छ।

सबैभन्दा कम प्रतिफल भने सिटी एक्सप्रेसको रहेको छ। सो अवधिसम्ममा सिटी एक्सप्रेसको आरओई ३.८७ प्रतिशत ऋणात्मक रहेको छ।

  • चुक्ता पूँजी र जगेडा कोष

चुक्ता पूँजीका आधारमा युनाइटेड फाइनान्स सबैभन्दा अगाडि रहेको छ। सो फाइनान्सको चुक्ता पूँजी १ अर्ब १ करोड रहेको छ। फाइनान्सको जगेडा कोषमा ५० करोड १० लाख रुपैयाँ सञ्चित छ। सबैभन्दा कम चुक्ता पूँजी भने मल्टीपर्पस फाइनान्सको रहेको छ। असोज मसान्तसम्ममा मल्टीपर्पसको चुक्ता पूँजी १५ करोड १० लाख मात्र रहेको छ।

गोर्खाज फाइनान्सले जगेडा कोषमा अन्य फाइनान्सको तुलनामा बढी रकम सञ्चित गरेको छ। वित्तीय विवरण अनुसार प्रथम त्रैमाससम्ममा फाइनान्सले ५३ करोड १ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको छ।

सिटी एक्सप्रेस फाइनान्सको जगेडा कोष भने सो अवधिसम्ममा १४ करोड २९ लाख ऋणात्मक रहेको छ।

  • निक्षेप तथा कर्जा

निक्षेप तथा कर्जाका आधारमा आईसीएफसी फाइनान्स अगाडि रहेको छ भने सिटी एक्सप्रेस पुछारमा रहेको छ। आईसीएफसीले असोज मसान्तसम्ममा ११ अर्ब ५ करोड ३८ लाख निक्षेप सङ्कलन गरी ८३ करोड ६६ लाख कर्जा प्रवाह गरेको छ।

त्यसैगरी, पुछारमा रहेको सिटी एक्सप्रेसले १२ करोड ७ लाख निक्षेप सङ्कलन गरी १७ करोड ३० लाख कर्जा प्रवाह गरेको छ।

  • खुद ब्याज आम्दानी

प्रथम त्रैमाससम्ममा १७ फाइनान्स कम्पनीहरुले औषतमा ५ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्। सो अवधिसम्ममा फाइनान्स कम्पनीहरुमध्ये मञ्जुश्री फाइनान्सले सर्वाधिक खुद ब्याज आम्दानी गरेको छ। सो फाइनान्सले असोज मसान्तसम्ममा १२ करोड ९८ लाख खुद ब्याज आम्दानी गरेको छ। सबैभन्दा कम खुद ब्याज आम्दानी भने मल्टीपर्पस फाइनान्सको रहेको छ। सो अवधिसम्ममा मल्टीपर्पसले १८ लाख २७ हजार खुद ब्याज आम्दानी गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।