सोल्टी होटलका कम्पनी सचिव लिल बहादुर खत्रीका अनुसार कम्पनीले आफ्नो नाममा रहेको १० प्रतिशत शेयर बिक्री गर्न प्रकृया अघि बढाएको जानकारी दिए। साे कम्पनीले बिक्री गर्ने शेयर सोल्टीकै अर्को लगानीकर्ता सोल्टी इन्टरप्राइजेजले खरिद गर्ने भएकाे छ।
होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले २१ बर्ष अघि साेल्टीकाे शेयर आइएफसी मार्फत खरीद गरेकाे थियाे । होलिडे इन्सले बैदेशिक लगानी ऐनमा उल्लेख भए बमाेजिम खुला बजारबाटै साे सेयर खरीद गरेकाे थियाे । साे सेयर बिक्री भएपछि हाेटल पूर्ण रूपमा नेपाली लगानीकर्ताकाे स्वामित्वमा आउने छ ।
हङकङको उक्त कम्पनीले लगानी फिर्ता लैजान उद्योग विभागमा निवेदन दिइसकेको र अनुमतिको पर्खाइमा रहेको बताइएको छ। उद्योग विभागका वैदेशिक लगानी शाखाका निर्देशक उदय कुमार गुप्ताका अनुसार उक्त कम्पनीले लगानी फिर्ता लैजान आवेदन दिएकाे छ।
उनका अनुसार अहिले साेल्टी हाेटलसहित ३ वटा वैदेशिक लगानीकर्ताले शेयर बिक्री गरी लगानी फिर्ता लैजान आवेदन दिएका छन्। वैदेशिक लगानी फिर्ता लैजान विभागमा आवेदन परेपनि उक्त आवेदन विभागबाट स्वीकृत नभई कुन कम्पनीको कति शेयर बिक्री हुँदै छ भन्ने जानकारी गराउन नसकिने बताए।
उद्याेग बिभागमा शेयर खरीद गर्ने र बिक्री गर्ने पक्षबिच सम्झाैता भएपछि साेही सम्झाैतासहितकाे कागजपत्र लिएर बेच्ने कम्पनी नेपाल स्टक स्कट एक्सचेन्जमा जानकारी दिन जाने व्यवस्था छ । त्यसपछि नेप्सेले काराेवार नियामावलीकाे बिनियम १६ बमाेजिम बल्क काराेकारकाे बिन्डाेवाट शेयर बेचिदिने व्यवस्था हुन्छ । यसरी शेयर बिक्री गरिँदा शेयर मूल्य, शेयर आपूर्ति कुनै पक्षबाट पनि नियमित बजार प्रभावित हुँदैन । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अहिलेसम्म साेल्टीकाे शेयर खरीद बिक्रीकाे जानकारी लिएर कुनै कम्पनी नेप्से पुगेकाे छैन ।
सोल्टी होटल मा हाल विभिन्न कम्पनीले तीन अर्ब लगानी गरेका छन्। त्यसमध्ये होलिडे इन्स इन्भेष्टमेन्टको कम्पनीको १० प्रतिशत लगानी अब सोल्टी इन्टरप्राइजेजकाे स्वामित्वमा पुग्ने छ ।
कम्पनीले उद्योग विभागबाट अनुमति पाएपछि लगानी फिर्ता लैजान सक्नेछ। यसअघि लगानी फिर्ता लैजान बिभागबाट स्वीकृति लिई फेरि राष्ट्र बैंकबाट समेत स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा गत जेठदेखि एकलविन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि सोही केन्द्रबाट वैदेशिक लगानी तथा लाभांश फिर्ताको लागि बिभागले नै स्वीकृति प्रदान गर्ने गरेको छ।
वैदेशिक लगानी फिर्ताको लागि परेको आवेदन विभागले स्वीकृत गरेपश्चात एकल विन्दु सेवा केन्द्रमा रहेको राष्ट्र बैंकको निकायले स्वीकृति प्रदान गर्नेछ। वैदेशिक लगानीकर्ताले पुनः राष्ट्र बैंकमा लगानी फिर्ता लैजान निवेदन दिनु पर्दैन।
तर कम्पनीले परिवर्त्य मुद्रामा लगानी फिर्ता लैजान भने राष्ट्र बैंकसँग स्वीकृति लिनुपर्नेछ जसको लागि लगानीकर्ताले नेपाल राष्ट्र बैंकमा मुद्रा सटहीको लागि आवेदन गर्नुपर्नेछ।
२०२२ मा तत्कालीन राजा महेन्द्र शाहले उत्घाटन गरेको उक्त होटलले सयवटा कोठाबाट सेवा सुरु गरेको थियो। यो होटलमा ५ वटा इनसाइट रेष्टुरेन्ट रहेका छन् भने क्यासिनो समेत सञ्चालनमा छ।
होटलले हाल नेपालगञ्जमा समेत अर्को पाँचतारे होटल सञ्चालनमा ल्याइसकेको छ। उक्त होटलमा समेत साढे १ अर्ब रुपैयाँ लगानी गरेको छ।