समृद्धि फाइनान्सले समस्याग्रस्त क्रिस्टल फाइनान्सलाई गाभ्ने

Dec 04, 2019 12:52 PM merolagani

समृद्धि फाइनान्स (SFCL) ले समस्याग्रस्त क्रिष्टल फाइनान्सलाई आफुमा गाभ्ने भएको छ। राष्ट्र बैंकबाट समस्याग्रस्त बाट फुकुवा भएर नयाँ नामबाट कारोबार गर्दै आएको साविक वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले अर्को समस्याग्रस्त सँस्थालाई आफुमा गाभ्ने सम्झौता गरेको हो। 

राष्ट्र बैंकले क्रिस्टल फाइनान्सलाई २०६९ असोज ७ गते समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो। दुई फाइनान्स कम्पनीले मंसिर १२ गते गाभ्ने तथा गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

हाल समृद्धि फाइनान्सको चुक्ता पूँजी २६ करोड ५६ लाख रुपैंया छ भने क्रिष्टल फाइनान्सको चुक्ता पूँजी ९ करोड ४४ लाख रुपैयाँ छ।

राष्ट्र बैंकले फाइनान्स कम्पनीहरुलाई न्युनतम ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ। फाइनान्सले तोकिएको पूँजी पुर्याउन अर्को फाइनान्सलाई गाभ्न लागेको हो।

क्रिस्टल फाइनान्सलाई गाभेपछि पनि राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी पुर्याउन फाइनान्सलाई अझै ५३ करोड ४४ लाख रुपैयाँ आवश्यक हुनेछ।

  

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।

संस्थाले थप व्यवसाय विस्तारको लागि अन्य फाइनान्स कम्पनीलाई समेत आफुमा गाभेर अघि बढ्न लागेको हो। 

दोस्रो बजारमा पछिल्लो पटक फाइनान्सको शेयर गत बिहीबार ९१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।