रिडी हाइड्रोपावरको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 04, 2019 07:50 AM Merolagani

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (RHPC) को बोनस शेयर सुरक्षित गर्ने आज (मंसिर १८ गते, बुधबार) अन्तिम दिन हो। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १९ गते बुक क्लोज गर्दैछ।

रिडी हाइड्रोपावर कम्पनीले पुस ४ गते १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। रिडी हाइड्रोपावरको कार्तिक २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चितीबाटबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश सहित ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार रुपैयाँ रहेको हाइड्रोको ५ प्रतिशत बोनसपश्चात हाइड्रोको पूँजी ५५ करोड ७६ लाख रुपैयाँ पुग्नेछ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा रिडीले एक करोड ३ लाख रुपैयाँ नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो।

दोस्रो बजारमा अंकित मूल्यभन्दा कम मूल्य रहेको यस हाइड्रोको शेयर मंसिर १७ गते, मंगलबार ७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।