गणपतिको मूल्य समायोजन

Dec 04, 2019 08:16 AM Merolagani

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (GMFBS) को शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा माइक्रोफाइनान्सको मंसिर १८ गते बुधबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४६२ रुपैयाँ ६२ पैसा कायम गरेको छ।

भदौ ३ गते बसेको माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट कूल चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

सो लाभांश अनुमोदन गर्न माइक्रोफाइनान्सले पुस ४ गते शुक्लागण्डकी नगरपालिका स्थित जंगल पार्क रिसोर्ट तनहुँमा साधारण सभा बोलाएको छ।

हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको बोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

सभाले बोनस पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ५४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको थियो। वित्तीय विवरणअनुसार माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २१ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात २६.२८ गुणा छ।

बुधबार माइक्रोफाइनान्सको समायोजित मूल्यलाई आधार मानेर नेप्सेमा शेयर कारोबार खुल्नेछ। माइक्रोफाइनान्सको लाभांश मंसिर १७ गते मंगलबारसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन्।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।