नेरुडे लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Dec 04, 2019 11:38 AM merolagani

नेरुडे लघुवित्त (NLBBL) ले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ।

लघुवित्तको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५.७९ प्रतिशत नगद लाभांश वितरणको लागि राष्ट्र बैंकबाट स्वीकृत भएको हो।

उक्त लाभांश लघुवित्तको आगामी साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन ।

हाल लघुवित्तको चुक्ता पूँजी ३९ करोड ७६ लाख रुपैयाँ छ । बोनस वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४५ करोड ७२ लाख रुपैयाँ पुग्नेछ।

 मंसिर १८ गते लघुवित्तको शेयर ५०१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।