नेपाल पुनर्बीमा कम्पनीको सीइओमा चार जनाको प्रतिस्पर्धा, मंसिर २२ गते अन्तर्वार्ता

Dec 04, 2019 01:14 PM Merolagani

नेपाल पुनर्बीमा कम्पनी (NRICL) ले प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्तीको तयारी अघि बढाएको छ। कम्पनीले आवेदन दिएका ६ जना मध्येबाट ४ जनालाई छनौट गरी प्रस्तुतीकरण तथा अन्तरवार्ताको लागि बोलाएको छ।

छनौटमा परेका ४ जनामा निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी देखि राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारी समेत रहेका छन्।

राष्ट्र बैंकको निर्देशकबाट अवकाश प्राप्त गरेका अशोक कुमार पौडेल, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर कुमार रायमाझी र कृषि विकास बैंकका पूर्व कर्मचारी शेषरमण आचार्य छनौट भएका हुन्। यसअघि आवेदन दिएका युनाइटेड इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत शेखर बराल र नबिल बैंकका पूर्व ब्यवस्थापक ज्ञानेश्वर आचार्य भने सीइओ बन्ने दौडबाट बहिरीएका छन्।

छनौटमा परेको उम्मेदवारलाई कम्पनीले मंसिर २२ गते कम्पनीको कार्यालय, थापाथलीमा प्रस्तुतिकरण तथा अन्तरवार्ताको लागि बोलाएको छ। पौडेललाई अपरान्ह ४ बजे, भण्डारीलाई अपरान्ह ४ः३० बजे, आचार्यलाई अपरान्ह ५ बजे र रायमाझीलाई ५ः३० बजे बोलाएको छ।

गत असार मसान्तमा सीईओ चिरायु भण्डारीको चार वर्षे कार्यकाल सकिएपछि कम्पनीले नयाँ सीईओ नियुक्तीको प्रक्रिया थालेको हो।

कम्पनीले रिक्त सीईओ पदका लागि २१ दिनको समय तोकेर गत असोज २४ गते आवेदन माग गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।