अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट लाभांश दिनेक्रम सकिँदा पनि इन्स्योरेन्स कम्पनीहरूले लाभांश दिएका छैनन् । यसै कारण लगानीकर्ताहरू इन्स्योरेन्स कम्पनीको लाभांशलाई उत्सुकतापूर्वक हेदै शेयर खरीद गर्न थालेका छन्।
लाइफ इन्स्योरेन्सको क्षेत्रमा अग्रणी स्थानमा रहेको नेपाल लाइफले आकर्षक लाभांश दिने अनुमानका साथ लगानीकर्ता सो इन्स्योरेन्सको सेयर खरीदमा चाप बढाएका छन् ।
नेपाल लाईफले आर्थिक वर्ष २०७४/७५ मा २५ प्रतिशत बोनस र २३.५० प्रतिशत नगद गरि कूल ४८.५० प्रतिशत लाभांश वितरण गरेको थियो ।
इन्स्योरेन्सको पछिल्लो बित्तिय बिवरणले लगानीकर्ता उत्साहित हुँदै सो कम्पनीको शेयर खरीदमा चाप बढाएका हुन् ।
कम्पनीको पहिलो त्रैमासमा आएको वित्तीय विवरणमा नेपाल लाइफ चुक्ता पूँजी, नाफा, बीमा शुल्क संकलन, रिर्जभ लगायतका शीर्षकमा अन्य बीमा कम्पनीको तुलनामा निकै अब्बल देखिएपछि राम्रो लाभांशको आशमा नेपाल लाईफको शेयरमा लगानीकर्ता झुम्मिएका हुन्।