सामुदायिक लघुवित्तको बोनस आजसम्म कायम शेयरधनीले पाउने

Dec 05, 2019 08:20 AM Merolagani

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL) ले घोषणा गरेको लाभांश आज (मंसिर १९ गते, बिहीबार) सम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन्। लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि मंसिर २० गते बुक क्लोज गर्नेछ।

लघुवित्तले आगामी पुस ११ गते आयोजना गरिने छैठौँ वार्षिक साधारण सभाबाट ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यसका साथै सो सभाले कर प्रयोजनको लागि १.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड रहेको छ। ३२ प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १३ करोड २० लाख पुग्नेछ।

मंसिर १८ गते बुधबार दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता ७५३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।