वोमी र नागरिक लघुवित्तले मंसिर ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

Dec 05, 2019 09:08 AM Merolagani

वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थाले मंसिर ३० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

गत फागुन २४ गते वोमी र नागरिक लघुवित्तबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। असोज २ गते बिहीबार सम्पन्न दुबै संस्थाको विशेष साधारणसभाले मर्जर सम्बन्धि प्रस्ताव पारित गरेको थियो।

साधारण सभाबाटै मुल्यांकनकर्ताबाट सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण भएको शेयर आदान प्रदान अनुपात (१००ः७२) परित गरी मर्जरको लागि स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो।

वोमीको चुक्ता पूँजी १० करोड १० लाख ८८ हजार र नागरिक लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ।

वोमी लघुवित्त र नागरिक लघुवित्त आपसमा आपसमा गाभिए पश्चात बन्ने संस्थाको नाम वोमी लघुवित्त रहने छ भने संस्थाको केन्द्रीय कार्यालय हाल नागरिक लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थानमा रहने छ।

२०६८ साल देखि सञ्चालनमा आएको वोमी माइक्रोफाइनान्सको मुख्य कार्यालय चितवनको भरतपुरमा रहेको छ। हाल यो माइक्रोफाइनान्सले ३२ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ।
नागरिकलाई राष्ट्र बैंकले २०७४ मंसिर २४ गते माइक्रोफाइनान्सको रुपमा सञ्चालनका लागि स्वीकृति दिएको थियो। काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीको सेवा १० जिल्लामा विस्तार भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।