रिडी हाइड्रोपावरको शेयरमूल्य समायोजन

Dec 05, 2019 09:36 AM merolagani

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (RHPC) को मंसिर १९ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले हाइड्रोपावरको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६८ रुपैयाँ ५७ पैसा कायम गरेको छ। समायोजित मूल्यलाई आधार मानेर बिहीबार नेप्सेमा कम्पनकिो शेयर कारोबार खुल्नेछ।

रिडी हाइड्रोपावर कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न पुस ४ गते १८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। सोहि बोनसमा नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार रुपैयाँ रहेको हाइड्रोको ५ प्रतिशत बोनसपश्चात पूँजी ५५ करोड ७६ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।