आरएसडिसी र बोटलर्स नेपालको नगद लाभांश बैंक खातामा

Dec 05, 2019 10:30 AM Merolagani

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र बोटलर्स नेपाल (तराई) ले नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको छ।

आरएसडिसी लघुवित्त (RSDC) को गत मंसिर १३ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत नगद लाभांश (कर सहित) शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। लघुवित्तले कात्तिक २७ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा सो नगद लाभांश जम्मा गरेको हो। लघुवित्तको शेयर रजिष्ट्रर एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, बोटलर्स नेपाल (तराई) (BNT) ले गत कात्तिक २८ गते सम्पन्न ३३ औँ वार्षिक साधारण सभाबाट पारित गरेको कर सहित प्रतिकित्ता ४० रुपैयाँ नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको खातामा जम्मा गरेको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कात्तिक १४ गते बुक क्लोज गरेको थियो।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई हितग्राही तथा बैंक खाताको विवरण बुझाउन दुबै कम्पनीले अनुरोध गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।